काठमाडौं – लक्ष्मी सन्राइज बैंकले ‘प्रोजेक्ट 5K’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको “Our Land, Our Future. We are #GenerationRestoration” भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो ।
जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकॊ सहकार्यमा करिब ६ हजार रूखहरू रॊपेकॊ छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो ।
प्रोजेक्ट 5K सँगै लक्ष्मी सन्राइज बैंकले सोही दिवसमा आफ्नो एभाॊडेड इमिसन रिपोर्ट (Avoided Emission Report) पनि सार्वजनिक गरेको थियो। यस प्रतिवेदनले नवीकरणीय ऊर्जा – विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ tCO2e कार्बन उत्सर्जन हुनबाट जोगाएको छ।
यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल (PCAF) रिपोर्टकै निरन्तरता पनि हो । लक्ष्मी सन्राइज बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (Partnership for Carbon Accounting Financials – PCAF) मा संलग्न रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij