काठमाडौं – प्रहरीले तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई काठमाडाैंकाे विभिन्न ठाउँबाट पक्राउ गरेकाे हाे ।
सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको हो । यसअघि साेही प्रकरणमा मनाेज न्याैपाने र तुलसी गाैतमसहित १० जना बैंकर पक्राउ भएका थिए ।
उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए। अहिले पक्राउ परेकाहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले जनाएको छ। उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख रुपैयाँले बढी पाइएको सीआईबीको दाबी छ।
सेञ्चुरी बैंक हाल अस्तित्वमा छैन। यो बैंक प्रभु बैंकमा मर्ज भइसकेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij