२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

9.6K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शुक्रबार माउन्टेन इनर्जी नेपाल लिमिटेड र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको हो ।

गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो । नेशनल लघुवित्तको ७.५ प्रतिशत बराबरको ८ लाख १३ हजार १५४.६६४ कित्ता र  माउन्टेनको १५ प्रतिशत बराबरको २९ लाख ५२ हजार ४०.४ कित्ता   बोनस सेयर सूचीकृत भएको छ ।

अब दुवै कम्पनीको सूचीकृत बोनस शेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र खरिदबिक्री गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij