२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘मिष्टर नेपाल २०२४’ को आवेदन खुल्ला

‘मिष्टर नेपाल २०२४’ को आवेदन खुल्ला

575
Shares

 

काठमाडौंँ – ‘मिष्टर नेपाल २०२४’को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले विहिबार एक बिज्ञप्ती जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करणका लागि आवेदन खुल्ला भएको जनाएको हो ।
१८ वर्षदेखि २८ वर्ष ननाघेका युवाहरुले सहभागीता जनाउन सक्ने प्रतियोगिताको आवेदन इसेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यलय वा सामाजिक संजालबाट समेत प्राप्त गर्न सकिनेछ ।
प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । बिज्ञप्तीमा अनुसार असारको अन्तिम साताबाट मिस्टर नेपालका लागि देशभर अडिसन हुनेछ । देशभर छरिएर रहेका युवाहरुलाई सहभागीताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न हुँदै आएको हो । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२४’ वा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगदर पुरस्कारर बिभिन्न गिफ्ट समेत जित्न सक्नेछन् ।
देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
यस बर्षको प्रतियोगीता बिगतको भन्दा भब्य हुने र त्यसको तयारमिा आफु जुटिसकेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगीताको विगतका विजेताले बिभिन्न अन्तराष्ट्रिय पुरस्कार समेत नेपाल भित्र्याउन सफल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij