२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता

आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता

1.1K
Shares

 

काठमाडौं-  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मा. डा. मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघ नेपालका लागि आवासीय संयोजक हाना सिंगर हृयाम्डीले भेटवार्ता गर्नु भएको छ । बिहीबार सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा. श्रेष्ठसँग भेटवार्ता गर्नु भएको हो ।

भेटवार्तामा आगामी आर्थिक वर्षदेखि लागू हुने १६औँ योजनाको कार्यान्वयन, आगामी वर्षको वार्षिक बजेट, अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी साथै दिगो विकास लक्ष्य प्रगति समीक्षा विषयमा छलफल भएको थियो ।

साथै आगामी जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने उच्च स्तरीय राजनीतिक फोरममा नेपालको सहभागीताका विषयमा समेत छलफल भएको थियो । उक्त नेपालको तेस्रो दीगो विकास लक्ष्य सम्बन्धी स्वेच्छिक राष्ट्रिय समीक्षा (भिएनआर) प्रतिवेदन पेश हुनेछ । यसअघि उक्त भिएनआर प्रतिवेदन पहिलो सन् २०१७ र दोस्रो सन््् २०२० मा प्रस्तुत भएको थियो ।

संयुक्त राष्ट्र संघले हालसम्म गर्दै आएको सहयोगका लागि धन्यबाद दिदै उपाध्यक्ष श्रेष्ठले १६औँ योजना कार्यान्वयन र आयोगको क्षमता अभिवृद्धिका लागि हुने सहयोगको निरन्तरताका लागि हानासँग अनुरोध गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij