काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । छापावाला सुन बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij