२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बालगायिका शुदेश्नाले गाइन नेपाली क्रीकेट जिन्दाबाद

बालगायिका शुदेश्नाले गाइन नेपाली क्रीकेट जिन्दाबाद

745
Shares

काठमाडौँ – आइसिसी टी २० विश्वकपमा नेपालले आज मङ्गलवार अमेरिकाको टेक्ससमा नेदरल्याण्डससँग पहिलो खेल खेल्दै छ । १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएर खेल्न लागेको नेपाली क्रिकेटको सम्मान र खेलाडीको हौसलाका लागि ९ बर्षकि बाल गायिका सुदेश्ना शाक्यले नेपाली कृकेट जिन्दावाद नेपाली खेलाडी धन्यवाद बोलको गीत गाएकी छन । प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतमा सङ्गीत संयोजक समेत रहेका गायक तथा सङ्गीतकार साहस शाक्यले साथ दिएका छन । साहसकै स्वर, सङ्गीत, सङ्गीत संयोजन र मिक्सीङ रहेको गीतमा डिएभी स्कुलमा कक्षा ४ मा अध्ययनरत ९ वर्षकी बाल गायिका सुदेश्ना शाक्यले मंगलोच्चारण सहित स्वर दिएकी हुन । शुदेश्नाको केही समय पहिले सार्बजनिक भएको बालगीत सुनेका गीतकार अधिकारीले यो गीतमा उनलाई स्वर भर्न लगाउन संगीतकार शाक्यलाई आग्रह गरेका थिए ।

गीतमा आवाजको दुनियाँको साथी दिनेश डिसीको भिओ स्वर रहेको छ । गीत शाक्यको आफ्नै आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको प्रस्तुत कर्ता सुदेश्ना इन्टरटेनमेन्ट प्रा ली रहेको छ । २४ घन्टा पुग्नै लाग्दा गीत ३३ सय ले हेरेका छन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij