२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ६.२२ अंकले बढ्यो, यी हुन उच्च कारोबार भएका १० कम्पनी

नेप्से ६.२२ अंकले बढ्यो, यी हुन उच्च कारोबार भएका १० कम्पनी

1.4K
Shares

काठमाडौं – सेयर बजार मंगलवार ६.२२ अंकले बढेको छ । उक्त वृद्धिसँगै नेप्से २०८५.३० अंकमा पुगेको छ भने कारोबार रकम भने घटेको देखिन्छ । अघिल्लो दिन ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँ कारोवार भएकोमा आज मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचक हरियाली भएका छन् । मंगलबार बैंकिङ समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको ०.५७ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१० प्रतिशतले शेयर मूल्य बढेको हो ।

यसदिन सिइडिबि हाइड्रोपावरको २० करोड ९२ लाख रुपैयाँ, नेपाल फाइनान्सको १२ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij