२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

3.2K
Shares

काठमाडौं– सुनको मुल्य ऐतिहासिक विन्दुमा पुगेको छ । आज तोलामा २ हजार ७०० रुपैयाँले महंगिएको हो । जेठ २२ गते, मंगलबार छापावाल सुन तोलाकै एक लाख ४२ हजार ७०० रुपैयाँको रेकर्डमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि जेठ १८ गते, शुक्रबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा पुगेर हालसम्मकै महंगो दरमा खरिदबिक्री भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले महंगिएर प्रतितोला एक हजार ८६० रुपैयाँ पुगेको छ । हिजो भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij