२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

3.4K
Shares

काठमाडौं –  सोमबार शेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ को विन्दुमा बन्द भएको छ। बजार घट्दा ११० कम्पनीको शेयरभाउ बढेको छ भने १२९ कम्पनीको शेयर मुल्य घटेको छ। आज ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ।

यो दिन ३१६ कम्पनीका ८८ लाख २० हजार १२५ कित्ता शेयर ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँमा किनबेच भएका छन्। उक्त दिन सबैभन्दा बढी एनआरएन एन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८५ लाख ९५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

साताको दोस्रो कारोबार दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त उपसमूहको परिसूचक उच्च दरमा बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक २.४३ प्रतिशत बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij