२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना जारी गरी संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको जनाएको छ । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीने सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी खरिद आवेदन दिन सक्नेछन् ।

उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij