काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै, चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij