२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सिबी लामा पक्राउ

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सिबी लामा पक्राउ

2.1K
Shares

काठमाडौँ-  कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ।

लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक हुन् । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड  निक्षेप अपचलन गरेको आरोप छ।

कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए। २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरू विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij