२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दिर्घायु पोखरा अस्पतालमा विशेष छूट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दिर्घायु पोखरा अस्पतालमा विशेष छूट

735
Shares

काठमाडौं– मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन कास्की जिल्लाको पोखरा–८ स्थित पृथ्वीचोकमा रहेको दिर्घायु पोखरा अस्पतालसँग छूट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

उक्त व्यवसायिक सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले दिर्घायु पोखरा अस्पतालकोे विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा विशेष २० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

साथै, कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरि नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नि शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु पनि कम्पनीले शाखा कार्यालयमा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था पनि गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij