२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचीकृत

26.2K
Shares

काठमाडौं -नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनश शेयर थपिएको छ । नेप्सेमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल १२ लाख ४१ हजार ६४१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनीको ५ दशलमव ५ प्रतिशत बोनश शेयर वापत ८ लाख २ हजार ६०१ कित्ता शेयर सूचिकृत भएको हो भने स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनश शेयर वापत ४ लाख ३९ हजार ४० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यी कम्पनीहरुले आफ्नो आफ्नो वार्षिक साधारण सभाबाट पारित गरेको बोनश शेयर नेप्सेमा सूचिकृत गराएका हुन् । शेयर अब भोलिबाट यस खरिदविक्री गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij