२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

690
Shares

काठमाडौं– किसान लघुवित्त वित्तीय संस्था लि.ले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त परिमाणको शेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि गत बैशाख ११ गते विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको बताएको छ ।

इच्छुक लगानीकर्ता तथा कम्पनीले कैलालीको लम्किचुहा वा बुढानिलकण्ठ काठमाडौमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij