२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सहकारी ठगी प्रकरण : सात सदस्यीय संसदीय छानबिन समिति गठन

सहकारी ठगी प्रकरण : सात सदस्यीय संसदीय छानबिन समिति गठन

2.4K
Shares

काठमाडौँ – सरकारले सहकारी ठगी प्रकरण सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ ।समितिमा कांग्रेस र एमालेबाट दुई–दुई र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद रहेका छन् ।
कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री छन् । यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान संसदीय समिति सदस्य बनेका छन् । समितिको संयोजकमा एमालेका थापा रहने भएका छन् । २९ वटा सहकारीमाथि छानबिन गर्न उक्त समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको मागपछि सरकारले अन्तिम आज समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij