२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुद्धभुमी नेपाल हाइड्रोपावरले बोलायो साधारण सभा

बुद्धभुमी नेपाल हाइड्रोपावरले बोलायो साधारण सभा

495
Shares
AGM - Annual General Meeting acronym, business concept. word lettering typography design illustration with line icons and ornaments. Internet web site promotion concept vector layout.

काठमाडौँ जेठ ३० गतेका लागि बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बोलाएको छ । जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको रानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे बस्ने गरी सभा डाकेको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्ने भएको छ ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले आउँदो जेठ २३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij