२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकका ग्राहकलाई द सोल्टी होटल ग्रुपमा छुट

प्रभु बैंकका ग्राहकलाई द सोल्टी होटल ग्रुपमा छुट

830
Shares

काठमाडौं -सोल्टीमोडस्थित द सोल्टी होटल ग्रुप र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टीहोटल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।

द सोल्टीहोटल ग्रुप अन्र्तगत द सोल्टीहोटल एन्ड रिसोर्ट,सोल्टि वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वरा विल भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

द सोल्टी होटल ग्रुपको उल्लेखित होटल तथा रिसोर्टमार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

हालसम्म बैंकको ३ सय २ शाखा कार्यलय, २ सय ८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij