२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुढानीलकण्ठका मेयर, वडाध्यक्ष र वडा सदस्यलाई १-१ महिना कैद सजाय

बुढानीलकण्ठका मेयर, वडाध्यक्ष र वडा सदस्यलाई १-१ महिना कैद सजाय

2.8K
Shares

काठमाडौँ —जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, वडाध्यक्षहरु नवराज भट्टराई र सुमन तामाङ तथा वडा सदस्य चन्द्रमान श्रेष्ठलाई १-१ महिनाको कैद सजाय सुनाएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा.न्यायाधीश राजेन्द्रकुमार आचार्यको शुक्रबार बसेको एकल इजलासले अदालतले गरेको निर्णयको पालना नगरेको कसूरमा उनीहरुलाई १-१ महिनाको कैद सजाय सुनाएको हो । तर अदालतको सो आदेश अझै ६० दिनभित्र कार्यान्वयन गरेको अवस्थामा भने उनीहरुले कैद सजाय भोग्नुपर्ने छैन ।

स्थानीय चन्द्रबहादुर थापासँगको जग्गा सम्बन्धी मुद्दामा नगरपालिकाले अदालतको आदेशको पालना नगरेको हो । थापाको जग्गा सार्वजनिक उपयोगका लागि भन्दै नगरपालिकाले हडपेको, तर अहिलेसम्म पनि सो जग्गा उपयोग नगरेको भन्दै अदालतले नगरपालिकाले ओगटेको सो जग्गामा रहेका संरचना हटाई निज थापालाई जग्गा फिर्ता गर्न आदेश दिएको छ । ‘निज प्रतिवादीहरुले

अब ६० दिनभित्र संरचना हटाई निवेदक एवम् वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेका उक्त कैद असुल गर्न पर्दैन,’ अदालतले भनेको छ । यदि सो अवधिमा पनि संरचना हटाएर हक हस्तान्तरण नगरेको अवस्थामा भने नगरपालिकाको खर्चमा संरचना हटाएर निवेदकलाई जग्गा फिर्ता गराउन अदालतको आदेश छ । ‘यस अदालतको फैसला माथिल्लो अदालतबाट बदर नभएसम्म सो फैसला अक्षरश कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यसमा पनि नगरपालिका जस्तो राज्य शक्तिको प्रयोग गर्ने निकायले यो वा त्यो बाहनामा अदालतको फैसलालाई अन्यथा हुने गरी गर्न मिल्दैन,’ अदालतले भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij