२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त

1.3K
Shares

काठमाडौँ —नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र थापा नियुक्त भएका छन् । शनिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

निवर्तमान सीईओ शंकर रायमाझीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा सञ्चालक समितिले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सीईओ छनोट समितिले दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धीकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापालाई सर्टलिष्टमा छनोट गरेको थियो । उनीहरुको गत शुक्रबार अन्तरवार्ता समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij