२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा झापाको भद्रपुरमा विस्तार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा झापाको भद्रपुरमा विस्तार

1.4K
Shares

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा संचालनमा ल्याएकोे हो । यो शाखा गरि बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका प्रदेश प्रमुख श्री राजिव गजुरेलले नयाँ शाखाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । हाल बैंकको २७२ शाखा कार्यलय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २६५ वटा एटीएम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij