काठमाडौं– आज नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम हुँदा अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँ कायम भएको छ भने अघिल्लो दिन तेजावी सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६५ सय रुपैयाँमा कारोबार छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij