२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी

प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी

1K
Shares

 

काठमाडौँ-  ‍महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताउनुभएको छ ।

महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कको सहकार्यमा सुरु गरेको लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजनाको शुभारम्भ गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

मन्त्रालयले महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्गसमुदायका व्यक्तिलाई समेट्नुपर्ने मन्त्री चौधरीले बताउनुभयो । ‘जो थिचोमिचोमा परेका छन्सीमान्तकृत समुदायका वर्ग तथा समुदायलाई समेट्नुपर्छ । अहिले ६ वटा पालिकामा यो परियोजना सञ्चालन भएको छ । यसलाई अझ बिस्तार गर्न आवश्यक छ’मन्त्री चौधरीले भन्नुभयो ।

यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्गतराई-पहाड फास्ट ट्रर्‍याकले छुने पालिकाहरूसिमाना क्षेत्रका वर्गसमुदायका उत्पीडितसीमान्तकृत महिलाहरूलाई कार्यक्रम लक्षित गर्नुपर्ने उहाँले बताउनुभयो ।

परियोजनाले महिलाको सुरक्षासुरक्षित आवाससेल्टरअस्पतालहरूमा उपचार लगायतको विषय समेटिएको भन्दै उहाँले अझै पनि महिला हिंसाका घटनाहरूमा तत्काल रेस्पोन्स गर्ने खालको कार्यक्रमहरू अझ बढी आउन आवश्यक रहेको बताउनुभयो । ‘महिला हिंसाका घटनाहरूको तत्काल रेस्पोन्स गर्नुस् । हिंसाका घटनाहरू अझै पनि रोकिएनन्यसमा अझ बढी संवेदनशील भएर काम गर्नुस्’उहाँले भन्नुभयो ।

विकास साझेदार संस्थाहरूलाई आग्रह गर्दै मन्त्री चौधरीले चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण जस्ता घटनाहरूमा बढी संवेदनशील भएर काम गर्न आग्रह गर्नुभयो । मन्त्री चौधरीले भन्नुभयो, ‘यो परियोजना सञ्चालन भएका पालिकाहरूमा पालिका आफैँले लैङ्गिक हिंसा न्यूनीकरणको कार्यक्रम सञ्चालन गर्न सक्छ । पालिकाहरूलाई म त्यसरी जान आग्रह गर्दछु ।’

विभिन्न प्रलोभनमा पारेर लैङ्गिक हिंसा हुने गरेको भन्दै उहाँले त्यसलाई न्यूनीकरण हुनेगरी काम गर्न आग्रह गर्नुभयो । ‘अहिलेको अवस्थामा हरेक जसो ठाउँमा हिंसा हुने गरेको तथ्याङ्क छ । पद दिन्छु । जागिर लगाइदिन्छु विभिन्न प्रलोभनमा पारेर हिंसा हुने गरेको छ’मन्त्री चौधरीले भन्नुभयो, ‘त्यसको अन्त्य हुनेगरी यो परियोजनाले काम गरोस् ।’

गरिबीको रेखामुनि रहेका व्यक्तिको आर्थिक अवस्था माथि उठाउने काम गर्न आग्रह गर्दै उहाँले परियोजना गएका पालिकाहरूमा महिला हिंसा शून्य पार्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij