२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग १ करोडको सेयर

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग १ करोडको सेयर

1.6K
Shares

काठमाडौं – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरणमा एक करोड बढीको शेयरमा लगानी रहेको देखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मन्त्री श्रेष्ठले पेश गरेको सम्पत्ति विवरणमा श्रेष्ठको नाममा विभिन्न कम्पनीको १५ हजारभन्दा धेरै कित्ताको मूल्य एक करोड ९ लाख बराबरको शेयर रहेको उल्लेख छ । त्यस्तै, उनको अचल सम्पत्तिमा १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।

मन्त्री श्रेष्ठको विभिन्न आठ वटा बैंकमा ८३ लाख ७२ हजार ७५४ रुपैयाँ बचत रहेको विवरणमा देखिएको छ । श्रेष्ठले सो रकम स्वआर्जन भएको बताएका छन् ।

उनीसँग ८५ लाखको टोयटाको ल्याण्ड क्रुजर र १९ लाख ७५ हजारको एमजी विद्युतीय गाडी रहेको जनाएका छन् भने एउटा ३ लाख ६४ हजारको स्कुटर रहेको छ । उनीसँग विभिन्न ब्राण्डको ३ लाखको घडी रहेको छ भने २० लाख रुपैयाँ बुबासँग ऋण रहेको श्रेष्ठले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij