काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर २,११५ को विन्दुमा काय मभैको छ । आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक घटेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij