२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

मुक्तिनाथ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

840
Shares

काठमाडौं– मुक्तिनाथ क्यापिटलले डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । खातावालले प्रत्येक आर्थिक वर्षमा १०० रुपैयाँको दरले वार्षिक नविकरण शुल्क बुझाउनु पर्ने हुन्छ ।

कम्पनीले बुुझाउनुुपर्ने रकम २०८१ असार मसान्त भित्र क्यापिटल वा मुुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकमध्ये कुनै एकको नजिकको शाखामा सम्पर्क राखि वार्षिक नविकरण शुल्क भुक्तानी गर्न भनेको छ ।

खातावालहरुले मेरो शेयरमा गई विभिन्न विद्युुत्तीय भुुक्तानी माध्यमहरुबाट भुक्तानी गर्न सक्ने छन् । वार्षिक शुल्क वापत बैंक खातामा शुल्क जम्मा गर्दा हितग्राही खातावालको नाम, थर, हितग्राही खाता नम्बर स्पष्ट हुुनुपर्नेे छ ।

साथै,उक्त क्यापिटलले १ हजार ९९९ रुपैयाँ भुक्तानी गरेमा पनि आजीवन डिम्याट र मेरोशेयर खाता योजनाको सुविधा अन्तरगत वार्षिक नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij