२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल सोलार फार्मको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

नेपाल सोलार फार्मको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

1.3K
Shares

काठमाडौं–  नेपाल सोलार फार्म लिमिटेडले शेयर निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरका १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो। सो सम्बन्धमा कम्पनी र क्यापिटल बिच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। मिति २०८१ ज्येष्ठ ७ गते सोमबारका दिन ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिस्टर्ड(केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा नेपाल सोलार फार्म लिमिटेडको तर्फबाट सञ्चालक श्री जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे।

वि.सं. २०७४ सालमा प्रा.ली. को रुपमा दर्ता भई वि.सं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको नेपाल सोलार फार्म लिमिटेडको रजिस्टर्ड (केन्द्रीय) कार्यालय बाफल, काठमाण्डौंमा रहेको छ।

अधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी २५ करोड रुपैयाँ रहेको यस कम्पनीको सोलार फार्मको आयोजना कास्की जिल्ला, रुपाकोट गाउँपालिकाको वडा नं.६, सिम्लेमा रहेको छ। कम्पनी अन्तर्गत निर्माण सम्पन्न भएको आयोजना सोम राधाकृष्ण सोलर फार्मबाट मिति २०७९/०७/१४ देखि ४ मे. वा. क्षमताको विद्युत् शक्तिको व्यापारिक उत्पादन सुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिई सकेको छ। भविष्यमा थप सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको यस कम्पनीमा सोलार लगायत अन्य विभिन्न ऊर्जा तथा विकास निर्माण क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरूको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij