२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंक सीईओका लागि पाँच जना ‘सर्टलिस्टेड’

राष्ट्रिय वाणिज्य बैंक सीईओका लागि पाँच जना ‘सर्टलिस्टेड’

855
Shares

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले ५ जनाको नाम छानेको हो ।
सीईओका लागि सर्टलिस्टमा पर्नेहरूमा नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बैंककै बहालवाला नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् ।

सीईओका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेको ५ जनाको नाम छनोट भएसँगै व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाताका लागि उनीहरूलाई बोलाएको छ। बुधवार उनीहरुले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाता दिनु पर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij