काठमाडौं- साताको दोस्रो दिन सोमबार नेप्से २४.७० अंक बढेको छ । बजार बढेको दिन नेप्से २०८९ अंकमा पुगेको हो।
हिजो ५ अर्ब २५ करोडको कारोबार भएकोमा सेयर बजारमा आज ५ अर्ब ८५ करोडको कारोबार भएको छ।
त्यस्तै, कुल १ सय ३४ कम्पनीको मूल्य बढ्दा १ सय ७ को घटेको छ भने ५ को स्थिर रहेको तथ्यांकमा देखिन्छ। बजार बढेको दिन बैंकिङ सूचक ४.१८ प्रतिशतले बढेको छ ।
व्यापार २.२३, अन्य ०.५२, लगानी १.८४, हाइड्रोपावर १.३८, होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.४२ प्रतिशतले बढेका छन् । यता फाइनान्स ०.५७, जीवन बीमा ०.०८, उत्पादन ०.५२, माइक्रोफाइनान्स ०.६५ र निर्जीवन बीमा समूह ०.५० प्रतिशत घटेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij