२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोकार ?

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोकार ?

1.7K
Shares

काठमाडौं – आज आइतबार सुनचाँदीको भाउ बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी महासंघका अनुसार  आज तेजावी सुनको भाउ पनि तोलामा १६ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा ११० रुपैयाँले बढेर तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij