२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

1.9K
Shares

काठमाडौं– सुनको मूल्य घटेको छ । बिहीबार बढेर रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य शुक्रबार ७०० रुपैयाँ घटेको हो । बिहीबार छापावाला सुनको मूल्य १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij