काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ । “बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाल मार्फत बैंकले करिब एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो ।
२०८१ साल जेठ ०२ गते बुधबार काठमाडौं, धनगढी, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यव्रmममा सहभागि हुदै बैंकले शिक्षाको मुल धारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक समन्वय गर्दै आईरहेको उक्त संस्थासँग मिलि एक कार्यक्रमका बिच विद्यार्थीहरुका लागि सहयोग प्रदान गरेको हो ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij