काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ । मंगलबारबाट उच्च अदालत पाटनमा सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो
मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।
बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij