२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारले एक हजार युवालाई स्टार्ट अप कर्जा दिने

सरकारले एक हजार युवालाई स्टार्ट अप कर्जा दिने

1.7K
Shares

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने बताएका छन।

सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले युवा स्वरोजगार बताउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका हुन। राष्ट्रपति पौडेलले प्राज्ञिक संस्थासँग सहकार्य गर्ने र सातै प्रदेशमा विजनेश इक्युभेसन सञ्चालन गरेर स्टार्टअपलाई प्रवद्र्धन गर्ने बताएका छन् ।

यसवाहेक सरकारले सरकारको शेयर स्वामित्व भएका सहकारी संस्थालाई एकीकरण गर्ने भएको छ । साथै बचत तथा ऋणका सहकारी मर्ज गर्ने नीति लिएको छ ।

यस्तै बजेट विनियोजन कुशलता कायम गर्ने र राजस्वको नयाँ स्रोत खोज्ने पनि राष्ट्रपति पौडेलले बताए । साथै बजेट विनियोजन प्रणालीमा सुधार गरिने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij