काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक बर्षलाई कृषिमा लगानी दशक घोषणा गरेका छन् । सरकाले आर्थिक वर्ष २०८१ /८२ को दशकलार्ई कृषिमा लगानी दशक घोषणा गरि सरकारी, नीजि तथा निकास राझेदारीको लगानी बृद्धि गरिने जनाएको छ । । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिनेछ । प्रमुख खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुनेगरी कृषि क्षेत्रका कार्यक्रमहरुको पुनर्संरचना गरिनेछ । बाली लगाउनुपूर्व नै कृषकहरुलाई उत्पादनका साधनमा सहज पहुँच हुने सुनिश्चित गरिनेछ । कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिनेछ । कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बााझो तथा नदी उकास जग्गाको सदुपयोग एवं चक्लाबन्दी गरिनेछ ।’
राष्ट्रपति पौडेलले आगामी आर्थिक बर्षमा प्रमुख खाद्यान्न, तरकारीवाली, आत्मनिर्भर हुने घोषणा गरेका छन् । यसका साथै बीउमा पनि मुलुकलाई आत्मनिर्भर बनाउँदै दुई बर्षमा मत्स्य र पशुपन्छीमा आत्मनिर्भर र ५ बर्षमा फलफूलमा आत्मनिर्भर हुने घोषणा गरेका छन् ।
उनले कृषि क्षेत्रमा नीजि क्षेत्रलाई पनि आकर्षित गर्दै कृषि तथा अन्य प्रकारका उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने वातावरण बनाइने बताए । आगामी आर्थिक बर्षमा विशेष उत्पादन क्षेत्र घोषणा गरिने बताउदै उनले सम्भाव्यता क्षेत्रमा चैते धानलाई प्रवद्र्धन गरिने बताए ।
राष्ट्रपति पौडेलले कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बााझो तथा नदी उकास जग्गाको सदुपयोग एवं चक्लाबन्दी गरिने बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij