काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने पक्का भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात् १ः०।४२ अनुपातमा हकप्रद साधारण सेयर निष्काश गर्ने तयारी गरेको सूचना सार्वजनिक भएको हो।
कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो भने हाल हकप्रद साधारण निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । हकप्रद सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्।
हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत १,४२,७९,३१२ कित्ता हकप्रद सेयर जारी हुनेछ भने हकप्रद सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ पुग्ने देखिन्छ। अहिले कम्पनीले देशभर रहेका १ सय ३९ शाखा कार्यालयहरु र १ लाख १३ हजार अभिकर्ताबाट सर्वसाधारणहरुलाई जीवन बीमा सेवा दिइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij