२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

1K
Shares

काठमाडौं ।-गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार २ सय २४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर खरिदका लागि कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनीले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ ।

सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij