२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

840
Shares

काठमाडौं – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । आज बसेको कोशी प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन् ।
सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए ।

उनलाई एमालेका ३९, माओवादीका १३ र नेकपा एसका ४ सांसदले विश्वासको मत दिएका हुन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । उनले आफ्नो मन्त्रीपरिषदमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij