२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२४ वर्षीय युवाद्वारा २ अर्ब १ करोडको अवैध कारोबार

२४ वर्षीय युवाद्वारा २ अर्ब १ करोडको अवैध कारोबार

1.7K
Shares

काठमाडौँ – प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको खुलेको हो ।

उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ  ।  वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

प्रहरीले अनिलमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जुवा वा सट्टेबाजी गर्न नहुने कसुर, मुलुकी अपराध संहिता २०७४ को दफा २२६ अनुसार अभौतिक मुद्राको प्रयोग गर्न नहुने, बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा विदेशी विनिमय ऐन र राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij