काठमाडौं – नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर १९९८.८९ विन्दुमा बन्द भएको हो ।
कारोबारमा आएका मध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर बिनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । वाणिज्य बैंक समूहको परिसूचक ३.२१ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ। लगानीकर्ताहरु वाणिज्य बैंकतर्फ आकर्षित भएसँगै सो उपसमूहको परिसूचक उच्च दरमा बढेको हो। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij