काठमाडौं – नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर १९९८.८९ विन्दुमा बन्द भएको हो ।
कारोबारमा आएका मध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर बिनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
वाणिज्य बैंक समूहको परिसूचक ३.२१ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij