काठमाडौं – नेपाल राष्ट्र बैंकले इ-नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ । साथै केन्द्रीय बैंकले उक्त कम्पनीको अनुमतिपत्र समेत खारेज गरेको छ ।
भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी विसं २०७६ चैत २१ गते अनुमतिपत्र पाएको उक्त कम्पनीले केन्द्रीय बैंकको निर्देशनको परिपालना नगरेपछि अनुमतिपत्र खारेज भएको हो ।
कम्पनीले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधनसहित) को विनियम ३५ को १(ग) को व्यवस्थाबमोजिम भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij