२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ईसेवा मनी ट्रान्सफर सञ्चालनको चौथो वर्ष पूरा

ईसेवा मनी ट्रान्सफर सञ्चालनको चौथो वर्ष पूरा

1.1K
Shares

काठमाडौं – नेपालकै अग्रणी  रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले आफ्नो कार्य थालनीको चार वर्ष पूरा गरेको छ । ईसेवा मनी ट्रान्सफर चार वर्षअघि वैशाख ३० मा स्थापना भएको थियो ।

यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ वटभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ ।

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, साथै ईसेवा वालेटबाट सहजै उपभोक्ताले ईसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन् ।

कार्य सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको यस रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स भित्राउन एक महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा नेपाल राष्ट्र बैंकबाट पनि सम्मानित भएको छ । चौथो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेश कोइरालाले कार्य सञ्चालनको चार वर्षमै ईसेवा मनी ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरूको मन जितेर पहिलो रोजाइ बन्न सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij