काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँमा घटेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा करोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij