२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड मोदी हाइड्रोपावरको नाफा बढ्यो

युनाइटेड मोदी हाइड्रोपावरको नाफा बढ्यो

520
Shares

काठमाडौं– युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य घटेपनि खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.८९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १.८६ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ९५.३९ प्रतिशत र वित्तीय खर्च ११.९७ प्रतिशत घटेको छ।
१ अर्ब २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ३ लाख रुपैयाँ सञ्चित छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९६ पैसा बढेर २ रुपैयाँ १६ पैसा पुगेको छ। चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०७.९१ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij