काठमाडौं– चालु आर्थिक वर्षको चैत महिनामा मात्रै १ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। फागुनमा पनि १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कुल १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। यो गत आर्थिक वर्षको तुलनामा १९.८ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो । चालु आर्थिक वर्षकमो चैतसम्ममा खुद ट्रान्सफर १७.८ प्रतिशतले बढेर ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij