२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

875
Shares
काठमाडौं–  आइतबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदी घटेको छ। शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको आज यसदिन प्रतितोला सुनको मुल्य पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १७ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij