२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिईडिबि हाइड्रोपावरको नाफा घट्यो

सिईडिबि हाइड्रोपावरको नाफा घट्यो

1.2K
Shares

काठमाडौं – सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ९ करोड ४५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी १४.९७ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा ८.४३ प्रतिशत बढेको छ भने कुल खर्च ७.४९ प्रतिशत बढेको छ।

८३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५७ करोड ९८ लाख रुपैयाँ रहेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ९१ पैसा घटेर १३ रुपैयाँ १२ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६६.५५ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij