२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावरको नाफा घट्यो

अपि पावरको नाफा घट्यो

1.5K
Shares

काठमाडौं– अपि पावर कम्पनी लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०.९३ प्रतिशत घटेको हो। यस अवधिमा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँमा खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ५ करोड तीन लाख रुपैयाँमा रुपैयाँ आर्जन गरेको थियो।

चैत मसान्तसम्ममा कम्पनीको विद्युत विक्री आम्दानी ९५ करोड १८ लाख रुपैयाँ रहेकाे छ। यो गत वर्षको यसै अवधिको तुलनामा ५८ करोड २३ लाख रुपैयाँले बढेको हो। गत वर्ष कम्पनीले ३६ करोड ९५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीको कूल खर्च ७८ करोड ६६ लाख रुपैयाँ रहेकाे छ। जसमा प्रशासनिक खर्च तीन करोड ७ लाख रुपैयाँ, वित्तीय खर्च ४६ करोड ९३ लाख र ह्रासकट्टी खर्च २८ करोड ५६ लाख रुपैयाँ रहेकाे छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ कायम छ ।सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीकाे वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ २ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij